नेप्से २१०० विन्दु माथि उक्लियो, हिमालयन रि-इन्स्योरेन्समा उच्च आकर्षण

काठमाडौं । सेयर बजार लगातार दोस्रो दिन दोहोरो अंकले बढेको छ । आइतबार दोहारो अंकले बढेको नेप्से आज पनि १० अंकले बढेको हो ।

यससँगै नेप्से परिसूचक फेरि २१०० विन्दु माथि उक्लिएको छ । सोमबार नेप्से परिसूचक १०.२६ अंकले बढेर २१०४.७२ विन्दुमा पुगेको छ ।यसअघि गत माघ ४ गते नेप्से २१०० विन्दु माथि थियो ।

आज सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७३ करोड रुपैयाँले बढेर ४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० समूहको परिसूचक बढेको छ भने ३ को घटेको छ । अन्य समूहको परिसूचक सर्वाधिक १.६४ प्रतिशतले बढेकोे छ ।

आज पनि हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ६० करोड १६ लाख रुपैयाँको ९ लाख ४०४ कित्ता सेयर किनबेच भएको छ ।

दोहोरो अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । युनियन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

इतिहासमै पहिलोपटक श्री एयरलाइन्सद्धारा कैलाश मानसरोवरमा उडान Read Previous

इतिहासमै पहिलोपटक श्री एयरलाइन्सद्धारा कैलाश मानसरोवरमा उडान

अर्काको नागरिकता दुरूपयोग गरी बैंक खाता खोल्ने पक्राउ Read Next

अर्काको नागरिकता दुरूपयोग गरी बैंक खाता खोल्ने पक्राउ