लक्ष्मी सनराइज बैंकले अपर सेती हाइड्रोपावरमा ७५ प्रतिशत लगानी गर्ने

काठमाडौं । लक्ष्मी सनराइज बैंकले २० मेगावाटको मथिल्लो सेती खोला जलविद्युत् आयोजना ऋण लगानी गर्ने भएको छ ।

शुक्रबार बैंक र र अपर सेती हाइड्रो प्रालि बीच ऋण लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको हो । कास्कीको सेती नदीमा निर्माण हुने उक्त आयोजनाको कुल लागत ४ अर्ब २ करोड रुपैयाँ छ ।

यस परियोजना निमार्णका लागि लक्ष्मी सनराइज बैंक एक्लैले ७५ प्रतिशत लगानी गर्ने भएको छ । सो अनुसार बैंकले प्रोजेक्ट फाइनान्स (टर्म लोन)बापत ३ अर्ब २ करोड रुपैयाँ लगानी गर्ने भएको हो । बाँकी २५ प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ कम्पनीका प्रर्वदक÷संस्थापकहरुले लगानी गर्नेछन् ।

अपर सेती हाइड्रोले २०७८ माघ १७ गते विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिएको थियो भने २०८० असोज १० गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत खरिद बिक्री (पीपीए) सम्झौता गरेको थियो ।

कम्पनीको प्रवद्र्धकको रुपमा नेपालको प्रतिठित व्यापारिक घराना केसी ग्रुप रहेको छ । २० मेगावाट क्षमताको सो आयोजना निमार्ण पश्चात वार्षिक करिब ११३.५१ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनेछ । हालसम्म लक्ष्मी बैंकले १४०० मेगावाट बढीका आयोजनाहरूमा ऋण लगानी गर्ने सम्झौता गरिसकेको छ ।

रिलायबल लाइफ र अरुण भ्यालीको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Previous

रिलायबल लाइफ र अरुण भ्यालीको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

एचआइडीसीएलको खुद नाफा पौने १ अर्ब, प्रतिसेयर आम्दानी कति ? Read Next

एचआइडीसीएलको खुद नाफा पौने १ अर्ब, प्रतिसेयर आम्दानी कति ?