एचआइडीसीएलको खुद नाफा पौने १ अर्ब, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल)को खुद नाफामा वृद्धि भएको छ ।

कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ११.४७ प्रतिशतले बढेको छ ।

कम्पनीले पुस मसान्तसम्म ७५ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै ८ करोड बढी हो । कम्पनीले गत वर्षको पुससम्म ६९ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद आम्दानी बढेसँगै नाफामा पनि सुधार आएको हो । समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ४.६२ प्रतिशतले बढेर १ अर्ब ७ करोड रुपैयाँ पुगेका छ । समीक्षा अवधिमा कम्पनीको लाभांश आम्दानी भने १९.३७ प्रतिशतले घटेर १ करोड ७ लाख रुपैयाँमा सीमित भएको छ ।

हाल २२ अर्ब ७७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा १ अर्ब ८९ करोड रुपैयाँ संचित छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा प्रतिसेयर आम्दानी ६.३५ रुपैयाँबाट बढेर ६.६१ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०८.०३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८.०३ गुणा छ।

लक्ष्मी सनराइज बैंकले अपर सेती हाइड्रोपावरमा ७५ प्रतिशत लगानी गर्ने Read Previous

लक्ष्मी सनराइज बैंकले अपर सेती हाइड्रोपावरमा ७५ प्रतिशत लगानी गर्ने

७१ मेगावाटको क्यासकेड जलविद्युत् आयोजना निर्माण सम्पन्न Read Next

७१ मेगावाटको क्यासकेड जलविद्युत् आयोजना निर्माण सम्पन्न