रिलायबल लाइफ र अरुण भ्यालीको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सले आइतबार रिलायबल लाइफ इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्य समायोजन गरेको हो ।

रिलायबल लाइफले लाभांश र अरुणले हकप्रद सेयर प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले दुवै कम्पनीको सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

रिलायबलल गत आव २०७९/८० को नाफाबाट वितरण गर्ने १६ प्रतिशत बोनस सेयरका आधारमा नेप्सेले सेयर मूल्य समायोजन गरेको हो । नेप्सेका अनुसार समायोजनपछि रिलायबलको नयाँ सेयर मूल्य ४९७.८४ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, अरुण भ्यालीले निष्काशन गर्ने १०० प्रतिशत हकप्रद सेयरका आधारमा मूल्य समायोजन भएको हो । समायोजनपछि पछि अरुणको नयाँ मूल्य प्रतिकित्ता १९०.१० रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा सोमबार दोस्रो बजारमा दुवै कम्पनीको सेयर कारोबार खुल्नेछ।

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र १३५ मेगावाटको हाइड्रो बन्दै, बुटवल पावर र चीनकाे लगानी Read Previous

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र १३५ मेगावाटको हाइड्रो बन्दै, बुटवल पावर र चीनकाे लगानी

लक्ष्मी सनराइज बैंकले अपर सेती हाइड्रोपावरमा ७५ प्रतिशत लगानी गर्ने Read Next

लक्ष्मी सनराइज बैंकले अपर सेती हाइड्रोपावरमा ७५ प्रतिशत लगानी गर्ने