ग्लोबल आइएमई बैंकसहित ६ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऐन, निर्देशन उल्लंघन गर्ने ६ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा राष्ट्र बैंकले गरेको अनुसन्धानको क्रममा नियम उल्लंघन गरेको पाइएपछि ३ वाणिज्य बैंक, २ विकास बैंक र एउटा फाइनान्स कम्पनीलाई कारबाही गरेको हो ।

राष्ट्र बैंक सुपरीवेक्षण विभागका अनुसार कारबाहीमा पर्नेमा ग्लोबल आइएमई, प्रभु, हिमालयन, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र रिलाइन्स फाइनायन्स फाइनान्स रहेका छन् ।

राष्ट्र बैंकले कारबाहीमा पर्ने ५ बैंक तथा वित्तीय संस्थालाई कारबाही स्वरुप सचेत गराएको छ भने मुक्तिनाथ विकास बैंकलाई १० लाख रुपैयाँ जरिवाना तिराएको छ ।

राष्ट्र बैंकले ग्लोबल आइएमई बैंकलाई नियम विपरीत प्रिमियम दर बढाएर ग्राहकहरुबाट ब्याज असुल गरेको रकम सम्बन्धित ग्राहकको खातामा फिर्ता नगरेको भन्दै प्रमुख कार्यकारी अधिकृत ९सीईओ०लाई सचेत गराएको छ ।

त्यस्तै, प्रभु बैंकले कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, प्रिमियम दर वृद्धि गरी ब्याज असुलउपर गरेको लगायतका विषयमा सचेत गराएको छ ।

त्यसैगरी, हिमालयन बैंकले पूँजी पर्याप्तता अनुपात गणना गर्दा राष्ट्र बैंकको निर्देशन पालना नगरी प्राथमिक पूँजीबाट घटाउनुपर्ने रकम नघटाइ तथा जोखिमभारित सम्पत्ति न्यून कायम गरी पूँजी पर्याप्तता अनुपात वास्तविकभन्दा अधिक रिपोर्टिङ गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार मुक्तिनाथ विकास बैंकले वास्तविक धनी पहिचान गर्ने संयन्त्रको स्थापना नगरेको र निरन्तर अनुगमन गर्नुपर्ने निर्देशन उल्लङ्घन गरकाले १० लाख रुपैयाँ नगद जरिवाना गराइएको छ ।

त्यस्तै, गरिमा बैंकलाई सुशासनको विषयमा र रिलायन्स फाइनान्सका सञ्चालक कुशप्रसाद मल्ली तथा अन्य व्यक्तिहरुको संयुक्त खाता र व्यक्तिगत खातामा व्यावसायिक कारोबारहरु भएको लगायतका कमजोरी पाइएकाले सचेत गराएको छ ।

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफा दोब्बरले बढ्यो, प्रतिसेयर आम्दानी कति ? Read Next

आइएमई लाइफ इन्स्योरेन्सको नाफा दोब्बरले बढ्यो, प्रतिसेयर आम्दानी कति ?