आइएमई लाइफ इन्स्योरेन्सको नाफा दोब्बरले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले खुद नाफा झन्डै दोब्बरले बढेको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ९६.१४ प्रतिशतले बढेको हो ।

आइएमई लाइफले चालु वर्षको पुस मसान्तसम्म २३ करोड ४७ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको तुलनामा साढे ११ करोड रुपैयाँ बढी हो । कम्पनीले गत वर्ष पुससम्म ११ करोड ९६ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको लगानी तथा बर्जाबाट हुने आम्दानीमा उल्लेख्य सुधार आउँदा खुद नाफा ह्वात्तै बढेको हो ।

चालु वर्षमा कम्पनीको खुद बीमा शुल्क संकलन ११.२० प्रतिशतले बढेर १ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । पुससम्म कम्पनीले बीमालेख धितोबाट १ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ भने अन्य ऋण तथा लगानीबाट ६३ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

हाल ४ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको सेयर प्रिमियम कोषमा १ अर्ब ५३ करोड रुपैयाँ संचित छ । कम्पनीको रिटेन्ड अर्निङमा ८५ करोड २ लाख रुपैयाँ र महाविपत्ती कोषमा १५ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

खुद नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९.१० रुपैयाँबाट बढेर ११.७४ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १७७.२७ रुपैयाँ छ ।

ग्लोबल आइएमई बैंकसहित ६ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा Read Previous

ग्लोबल आइएमई बैंकसहित ६ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्छ : प्रधानमन्त्री Read Next

स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्छ : प्रधानमन्त्री