काठमाडौं ।१७ औं हस्तकला ट्रेड फेयर तथा १५ औं क्राफ्ट प्रतियोगिताको अवसरमा नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले हस्ताक्षर गरे ।
यस सम्झौतासँगै नबिल बैंकले देशको हस्तकला क्षेत्रको प्रबर्धन र संरणको लागि सदा सहयोग गर्ने प्रतिबद्धता लिएको छ ।
हाल बैंकले देशभरका ९२ वटा शाखाहरु, १४२ वटा एटीएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गर्दै आएको छ ।