
काठमाडौं । काठमाडौंको तारकेश्वरस्थित जरङ्खुमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ शाखा विस्तार गरेको छ।
इन्स्योरेन्सको पहुँच थप विस्तार गर्दै आफ्नो १०५ औं शाखा जरङ्खुमा सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ।
नयाँ शाखाको उद्धघाटन तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरा तथा उप-प्रमुख भवानी धिताल डोटेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल एवम् ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठले संयुक्त रुपमा गरे।
उद्धघाटन कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कवि फुयाल, तारकेश्वर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष मनोज घिमिरे, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हिरामणि घिमिरे, नगर शिक्षा प्रमुख होमनाथ न्यौपाने, नगर चेम्बर अध्यक्ष राम प्रसाद महर्जन लगायतको उपस्थिति रहेको थियो।
विभिन्न जीवन विमा सेवाहरु उपलब्ध गराउने उद्देश्यले कम्पनीले मंसिर १४ गतेदेखि उक्त नयाँ शाखा संचालनमा ल्याएको हो।