काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ललितपुरमा २ वटा नयाँ शाखा संचालनमा ल्याएको छ ।
बैंकले बिहीबारदेखि ललितपुर महानगरपालिका-१५, सातदोबाटो र वडा नं. २५ को भैंसेपाटीमा नयाँ शाखा संचालनमा ल्याएको हो ।
नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरू भएको बैंकले जनाएको छ । नयाँ शाखाहरुको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले गरे ।
कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए ।
बैंकले हाल देशभरका २६६ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २५७ वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।