त्रिभुवन विमानस्थलमा संचालनमा आयो नयाँ टर्मिनल भवन, प्रतिघण्टा ४०० यात्रुले सेवा पाउने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक आगमनतर्फ नयाँ टर्मिनल भवन संचालनमा आएको छ ।

बुधबार संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भवनको उट्घाटन गरेका हुन् ।

विमानस्थलको आन्तरिकतर्फ आगमन क्षेत्र साँघुरो भएपछि नयाँ भवन बनाइ संचालनमा ल्याइएको हो । उक्त टर्मिनल भवन ६ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण गरिएको हो ।

नयाँ टर्मिनल भवन संचालनमा आएसँगै यात्रुलाई सहज भएको छ । अब आन्तरिकतर्फ यात्रुका लागि प्रस्थान र आगमन भवन छुट्टै भएको छ।

नयाँ टर्मिनल भवनमा दुइटा ‘ब्यागेज बेल्ट’ छन्। अब प्रतिघण्टा ४०० यात्रुलाई सेवा दिन सक्ने विमानस्थल कार्यालयले जनाएको छ ।

कर्णालीमा खसीबोका बेचर ३ अर्ब २४ करोड आम्दानी Read Previous

कर्णालीमा खसीबोका बेचर ३ अर्ब २४ करोड आम्दानी

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ललितपुरमा खोल्यो दुई नयाँ शाखा Read Next

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ललितपुरमा खोल्यो दुई नयाँ शाखा