एनएमबी बन्यो टभ राइल्यान्डबाट आइएसओ पाउने नेपालको पहिलो बैंक

काठमाडौं । एनएमबी बैंक जर्मनीको टभ राइल्यान्डबाट आइएसओ २७००१ः२०१३ प्रमाणपत्र पाउने नेपालको पहिलो बैंक बनेको छ ।

 

बैंकलाई यसका ग्राहकहरूको डाटा सुरक्षाका लागि तथा सरोकारावालाहरूको सूचनाको सुरक्षा कायम गर्नका लागि सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आइएसएमएस)का उच्चतम मानकहरूको विकास र कार्यान्वयनका लागि यो प्रमाणपत्र प्रदान गरिएको हो ।

 

टभ राइल्यान्डका प्रबन्ध निर्देशक थोमस अन्स्र्ट गटफ्रिद फरम्यानले एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

 

१४५ वर्षअघि स्थापना भएको टभ राइल्यान्ड स्वतन्त्र निरीक्षण सेवाहरू र आईएसओ प्रमाणीकरणका लागि विश्वव्यापी अग्रणी संस्था हो ।

एनआइसी एशिया र युनाईटेड इन्स्योरेन्सबीच सम्झौता Read Previous

एनआइसी एशिया र युनाईटेड इन्स्योरेन्सबीच सम्झौता

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा जग्गा अधिग्रहण गर्न समस्या Read Next

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा जग्गा अधिग्रहण गर्न समस्या