एनआइसी एशिया र युनाईटेड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । एनआइसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्स कम्पनीबीच बैंकको डिजिटल च्यानलमार्फत् इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ।

 

सम्झौता बमोजिम युनाईटेड इन्स्योरेन्सका ग्राहकहरुले बैंकको मोबाइल बैकिङ्ग लगायत एनसीएचएल–कनेक्ट आईपीएस, पस, क्यू आर कोड स्क्यान गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन्।

 

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र युनाईटेड इन्स्योरेन्स कम्पनीको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे।

 

बैंकले मुलुकभर ३१० शाखा कार्यालयहरु, ३९३ एटिएम, ९२ वटा एक्स्टेन्सन काउण्टर एवं ४३ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदानगर्दै आएको छ।

अधिकांश म्युचुअल फण्डको मूल्य न्याभभन्दा कम, कुनको कति Read Previous

अधिकांश म्युचुअल फण्डको मूल्य न्याभभन्दा कम, कुनको कति

एनएमबी बन्यो टभ राइल्यान्डबाट आइएसओ पाउने नेपालको पहिलो बैंक Read Next

एनएमबी बन्यो टभ राइल्यान्डबाट आइएसओ पाउने नेपालको पहिलो बैंक