भारतको अकासा एयरद्धारा बोइङका १५० विमान अर्डर

नयाँदिल्ली । भारतको नयाँ वायुसेवा कम्पनी अकास एयरले बिहीबार १५० वटा बोइङ ७३७ म्याक्स विमान अर्डर गरेको छ ।

गत जनवरीको सुरुमा अलास्का एअरलाइन्सको विमानमा प्राविधिक समस्या हुँदा आपतकालीन अवतरण गर्न बाध्य भएपछि अमेरिकी उड्डयन कम्पनी बोइङको ७३७ म्याक्स ९ जेटविमानका कारण कम्पनीको विश्वव्यापी रूपमा चर्को आलोचना भइरहेको छ ।

अकासा एयरका प्रमुख कार्यकारी अधिकृत विनय दुबेले ७३७ म्याक्स १० र ७३७ म्याक्स ८–२०० जेटका लागि भएको ‘ऐतिहासिक’ मागपछि भरतीय एयरलाइन्सलाई ‘विश्वको शीर्ष ३० अग्रणी एयरलाइन्समध्ये एक बन्ने’ मार्गमा लैजाने बताए।

सन् २०२१ मा ७२ वटा र सन् २०२३ मा थप चारवटा विमानको माग गरिसकेको अकासा बोइङको बलियो सहयोगी रहँदै आएको छ । प्रमुख कार्यकारी अधिकृत दुबेले भने, ‘आकास एयरको विमान वृद्धिले ‘भारतको उड्डयन बजारको प्रतिज्ञा’लाई पूरा गर्ने प्रयासमा टेवा पुग्नेछ ।’

यो मागमा अलास्का एअरलाइन्सको विवादित बोइङको म्याक्स ९ विमान समावेश गरिएको छैन । कुनै पनि भारतीय एयरलाइन्सले बोइङ म्याक्स ९ विमान प्रयोग गर्दैनन् ।

देशको उड्डयन नियामक निकायले दुई साताअघि ७३७ ८ म्याक्स विमानको परीक्षण सन्तोषजनक रूपमा सम्पन्न भएको बताएको थियो ।

पुस मसान्तमा बैंककाे व्यवसाय : एकैदिन २६ अर्ब निक्षेप संकलन, २७ अर्ब ऋण लगानी Read Previous

पुस मसान्तमा बैंककाे व्यवसाय : एकैदिन २६ अर्ब निक्षेप संकलन, २७ अर्ब ऋण लगानी

स्रोत नखुलेको २ करोड ३० लाख रकमसहित काठमाडौंबाट ४ जना पक्राउ Read Next

स्रोत नखुलेको २ करोड ३० लाख रकमसहित काठमाडौंबाट ४ जना पक्राउ