स्रोत नखुलेको २ करोड ३० लाख रकमसहित काठमाडौंबाट ४ जना पक्राउ

काठमाडौँ । राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको रु २ करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेका विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए। उनले भने, ‘राजस्व अनुसन्धान विभागको टोलीले करिब रु २ करोड ३० लाखजति रकमसहित चार जनालाई पक्राउ गरेको छ ।’

व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त रकम फेला परेको बताइएको छ । बरामद गरिएको रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ ।

पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको विभागका महानिर्देशक ढुङ्गानाले बताए ।

भारतको अकासा एयरद्धारा बोइङका १५० विमान अर्डर Read Previous

भारतको अकासा एयरद्धारा बोइङका १५० विमान अर्डर

पुल नहुँदाको पीडा, ह्युमपाइपबाट खोला तर्दा एउटा गाडीले १५ हजार तिर्नुपर्ने बाध्यता Read Next

पुल नहुँदाको पीडा, ह्युमपाइपबाट खोला तर्दा एउटा गाडीले १५ हजार तिर्नुपर्ने बाध्यता