कामना सेवा विकास बैंकको नाफा ३२ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । कामना सेवा विकास बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफा ३२.१९ प्रतिशतले बढेको हो ।

बैंकले पुस मसान्तसम्म २५ करोड ८९ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ६ करोड ३१ लाख रुपैयाँ बढी हो । बैंकले गत वर्ष सोही अवधिमा १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटे पनि कमिसन र संचालन आम्दानी बढ्दा नाफामा सुधार आएको हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.२४ प्रतिशतले घटेर ९५ करोड ८८ लाख रुपैयाँमा सीमित भएको छ । बैंकको सञ्चालन नाफा भने ३२.२४ प्रतिशतले बढेर ३७ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकले ५६ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल ३ अर्ब २८ करोड चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङ १७ अर्ब ४५ लाख र जगेडा कोषमा १ अर्ब ५१ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १७ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । गत वर्ष १२.७४ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी ३.०४ रुपैयाँ बढेर १५.७८ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५१.६१ रुपैयाँ, खराब कर्जा ३.४२ प्रतिशत, बेसरेट ११प्रतिशत र सीडी रेसियो ८०.४१ प्रतिशत रहेको छ ।

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त Read Previous

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त

बन्दीपुर केबलकारको परीक्षण सुरू, वैशाखदेखि सञ्चालनमा आउने Read Next

बन्दीपुर केबलकारको परीक्षण सुरू, वैशाखदेखि सञ्चालनमा आउने