चिनी मिलद्वारा उखुको मूल्य निर्धारण, प्रति क्वीन्टल कति

कञ्चनपुर । बेलौरी नगरपालिकाको शिवनगरमा रहेको महाकाली चिनी मिलले उखुको मूल्य निर्धारण गरेको छ । चिनी मिल सञ्चालक र उखु उत्पादक किसान हक हित संरक्षण समितिबीचको सहमतिमा उखुको मूल्य निर्धारण गरिएको हो ।

 

सहमतिअनुसार अर्लि जातको उखुको मूल्यप्रति क्वीन्टल ४४० रुपैयाँ, सामान्य उखुको मूल्यप्रति क्वीन्टल ४१६ रुपैयाँ र कमसल खालको उखुको मूल्यप्रति क्वीन्टल ४ सय रुपैयाँ तोक्ने सहमति भएको चिनी मिलका अध्यक्ष राजेश्वर शाहले बताए। चिनी मिलले आजदेखि उखु सङ्कलनसँगै तौल गर्ने कार्य समेत शुरु गरेको छ ।

 

मिलले किसानको उखुको तौल लिने काम कोडका आधारमा गर्ने जनाइएको छ । किसानलाई कोड र पर्चि नम्बर दिइने त्यसकै आधारमा किसानलाई मोबाइलमा म्यासेज पठाएर तौल लिने गरी व्यवस्था मिलाइको खबरदारी तथा पैरवी समिति बेलौरीका संयोजक हरेन्द्र विष्टले बताए ।

 

उखु किसानले अनुदानको पूरै रकम भने पाउन सकेका छैनन् । उखु किसानसँग गरेको सहमति अनुसार ६५ रुपैयाँ प्रति क्वीन्टल दिने भनिए पनि किसानले मूल्यको ३० प्रतिशत मूल्य अझै पाएका छैनन् ।

 

किसानसँग गरेको सहमतिको २३ करोड रुपैयाँको मूल्यमा हालसम्म सरकारले १६ करोड रुपैयाँ उपलब्ध गराए पनि अझै सात करोड तीन लाख रुपैयाँ दिन बाँकी रहेको संयोजक विष्टले बताए।रासस

चार महिनामा प्लाष्टिक जन्य सामग्री किन्न १८ अर्ब Read Previous

चार महिनामा प्लाष्टिक जन्य सामग्री किन्न १८ अर्ब

अधिकांश म्युचुअल फण्डको मूल्य न्याभभन्दा कम, कुनको कति Read Next

अधिकांश म्युचुअल फण्डको मूल्य न्याभभन्दा कम, कुनको कति