सबैभन्दा सस्तोमा इन्टरनेट सेवा दिँदै डिशहोम

काठमाडौं । नेपालमा सबैभन्दा सस्तोमा इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी डिशहोम फाइबर नेट भएको छ ।

नेपालमा इन्टरनेट सेवा प्रदायकहरू (आइएसपीएस)को हालै गरिएको एक अध्ययनले सबैभन्दा सहुलियत मूल्यमा सेवा प्रदान गर्ने कम्पनीमा डिशहोम अगाडि देखिएको हो ।

डिशमोहले सबैभन्दा कम शुल्कमा २०० एमबीपीएसको उच्च स्पीडमा इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । इन्टरनेट प्रदायक कम्पनीहरुको एक वर्षको शुल्कलाई आधार बनाएर अध्ययन गरिएको थियो छ । नेपालमा सबैभन्दा छिटो र प्रतिस्पर्धीहरुको तुलनामा कम लागतमा गुणस्तरीय आवासीय इन्टरनेट सेवा प्रदान गर्दै आएको अध्ययनको निस्कर्ष छ ।

तुलनात्मक अध्ययनले विभिन्न ईन्टरनेट सेवा प्रदायकहरूमध्ये २०० एमबीपीएस इन्टरनेट प्याकेजमा डिशहोम फाइबरनेट ग्राहकका लागि सस्तो देखिएको छ । नयाँ जडान गर्ने ग्राहकका लागि डिशहोम फाइबरनेटले सदस्यता शुल्कमा मात्र ११ हजार १५ रुपैयाँको प्याकेज प्रदान गर्नेछ ।

उच्च गतिको इन्टरनेट सेवाको खोजीमा रहेका ग्राहकहरूका लागि सबैभन्दा किफायती विकल्प भएको कम्पनीले जनाएको छ ।

डिशहोम फाइबरनेटले सस्तो र पहुँचयोग्य उच्च स्पीड इन्टरनेट उपलब्ध गराउने प्रतिबद्धताअनुसार सेटअप शुल्क जम्मा ५ ०० रुपैयाँ मात्र तोकेको छ । एक वर्षभरि ग्राहकले ११ हजार १२१ रुपैयाँमा २०० एमबीपीएसको इन्टरनेट सुविधा लिन सक्नेछन् ।

डिशहोम फाइबरनेटको प्रतिस्पर्धी मूल्य निर्धारण रणनीतिले उच्च गुणस्तरको इन्टरनेट सेवा प्रदान गर्ने प्रतिबद्धतामा कमी नआउने कम्पनीले स्पष्ट गरेको छ ।

डिशहोमले ल्याएको ग्राहक केन्द्रित नयाँ रणनीतिले छिटो र भरपर्दो इन्टरनेट सेवाको माग माग बढ्दै गएको आजको अवस्थामा ग्राहकहरुका लागि विकल्प हुन सक्ने विश्वास कम्पनीको छ ।

साल्ट ट्रेडिङको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

साल्ट ट्रेडिङको लाभांश घोषणा, बोनस र नगद कति ?

दुग्ध किसानले पाएनन् भुक्तानी, भन्छन्-'पलायन हुनुपर्ने अवस्था आयो' Read Next

दुग्ध किसानले पाएनन् भुक्तानी, भन्छन्-'पलायन हुनुपर्ने अवस्था आयो'