दुग्ध किसानले पाएनन् भुक्तानी, भन्छन्-‘पलायन हुनुपर्ने अवस्था आयो’

चितवन। चितवनका किसानले दूधको समयमै भुक्तानी गर्न माग गरेका छन्। बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले दूध बिक्री गरेको पैसा नपाउँदा पलायन हुनुपर्ने अवस्था आउन लागेको गुनासो गरेका हुन्।

किसानले सम्बन्धित निकाय समक्ष विभिन्‍न पाँच बुँदे माग समेत राखेका छन्। ती मागमा सहुलियत ऋण सुलभ तरिकाले प्रदान गर्नुपर्ने, बीमामा देखिएको समस्यामा तत्काल सम्बोधन हुनुपर्ने, बागमती प्रदेश सरकारद्वारा दिँदै आएको दूध उत्पादनमा आधारित अनुदान रकम सबै दुग्ध किसानले सहज तरिकाले प्राप्त गर्नुपर्ने लगायतका छन्।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगाले चितवनका दुग्ध किसानका समस्या समाधानमा सरोकारवाला निकाय उदासिन बनेको गुनासो गरे। दूधको भुक्तानी समयमै हुनुपर्ने जनाउँदै उनले दूधको बजारीकरणमा समेत समस्या रहेको पत्रकार सम्मेलनमा बताए।

संघका सचिव कल्याण अधिकारीले बजारीकरणमा समस्या भोगिरहेका दुग्ध किसानको भुक्तानीमा ढिलाइ हुँदा समस्या झन जटिल हुँदै गएको बताए।

‘न उत्पादन बढी हुँदा बिक्री गर्न सकिन्छ, न त बिक्री भएको दूधको भुक्तानी पाइन्छ,’ उनले भने, ‘हामी चेपुवामा परेका छौँ।’

आत्मनिर्भरता उन्मुख हुँदै गएको दुग्ध क्षेत्रलाई राज्यको नीतिले सम्बोधन नगरेको र किसानलाई प्रोत्साहन नभएको उनले गुनासो गरे। रासस

सबैभन्दा सस्तोमा इन्टरनेट सेवा दिँदै डिशहोम Read Previous

सबैभन्दा सस्तोमा इन्टरनेट सेवा दिँदै डिशहोम

चुनावी वर्ष बन्दै सन् २०२४, विश्व शक्ति अमेरिकासहित ५० बढी देशमा निर्वाचन हुँदै Read Next

चुनावी वर्ष बन्दै सन् २०२४, विश्व शक्ति अमेरिकासहित ५० बढी देशमा निर्वाचन हुँदै