काठमाडौं । वाणिज्य बैंकहरूले धमाधम निक्षेपको ब्याजदर घटाउन थालेका छन् । बैंकहरूले माघदेखि लागू हुने गरी निक्षेपको ब्याजदर थप घटाएका हुन् ।
यसअघि एनआइसी एशिया बैंकले निक्षेपको ब्याजदर घटाएको थियो भने कुमारी बैंकले पनि आज ब्याजदर घटाएको सूचना प्रकाशित गरेको छ ।
कुमारीले माघ १ गतेदेखि लागू हुने गरी व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको ब्याजदर घटाएको हो । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा न्यूनतम ६.५० देखि अधिकतम ८.११ प्रतिशत ब्याजदर दिने भएको छ ।
त्यस्तै, संस्थागत मुद्दतीमा र संस्थागत मुद्दती ६ महिनादेखि १ वर्षसम्म ५.२५ प्रतिशत र १ वर्ष माथिकोमा ६.११ प्रतिशत ब्याजदर दिने भएको छ ।
पुस महिनामा कुमारीले व्यक्तिगत मुद्दती निक्षेपमा व्यत्तिःगततर्फ ९.३१ प्रतिशत र संस्थागतमा ७.३१ प्रतिशत ब्याज दिइरहेको छ।