काठमाडौं । नेपाल ल्युब आयलले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित भएको छ ।
कम्पनीको बिहीबार सम्पन्न ३२ औं वार्षिक साधारण सभाले गत वर्षको नाफाबाट घोषणा गरेको ३० प्रतिशत (२५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद) लाभांश पारित गरेको हो ।
कम्पनीका अध्यक्ष अरुण कुमार चौधरीले हाल देशको अर्थतन्त्र र ल्युबको बजार संकटमा रहेको बताए । ‘देश र बजारको हालको अवस्था निकै गम्भीर छ, यसमा सबै सरोकारवालाको ध्यान केन्द्रित हुन जरुरी छ । संस्थाको रुपमा हामीले पनि बजारलाई पोजिटिभ तिर मोड्न आफ्नो भूमिका निर्वाहा गर्नुपर्छ। नेपाल ल्युब आयल लिमिटेड यहि विचारधारामा अगाडि बढीरहेको छ । व्यवस्थापन र अन्य टोली सदस्यहरू यसमा प्रतिबद्ध छन्,’ उनले भने ।
नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री/वितरण समेत गर्दछ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो । गल्फ लूब्रिकेन्टस् नेपालमा मूख्य रुपमा रुचाइएको प्रतिष्ठित र धेरै बजार क्षेत्र ओगटन सफल ब्राण्डको रुपमा चिनिन्छ ।