काठमाडौं । नबिल बैंकले ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ। नबिल ग्राहक सेवा केन्द्रले ग्राहकलाई २४सै घण्टा ३ सय ६५ दिन (२४×७) सेवा प्रदान गर्नेछ।
यो केन्द्रले ग्राहकहरुका लागि एकल विन्दुको रुपमा काम गर्ने बैंकले बतायो।ग्राहक सेवा केन्द्रले देश तथा विदेशमा रहेकालाई सूचना आदान प्रदान गर्नेछ।
हालसम्म नविल बैंकको ९२ शाखाहरु, १४२ एटिएम काउन्टरहरु रहेका छन्।