काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड पाएको छ।बंगलादेशको ढाकामा मंसिर १४ गते साउथ एशियन फेडरेशन अफ एकाउन्टेन्टस् (साफा) ले आयोजना गरेको एक समारोहका बीच बैंकलाई उक्त अवार्डद्धारा पुरस्कृत गरिएको हो।
साथै बैंकलाई उक्त समारोहमा सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स डिस्क्लोजर्स २०१८ बाट पुरस्कृत गरिएको छ भने प्राइभेट सेक्टर बैंक बिधामा बैंकले सर्टिफिकेट मेरीट प्राप्त गरेको छ।
सार्क क्षेत्रमा क्रियाशील रहेका व्यावसायिक लेखा निकायहरूको छाता संगठनको रूपमा स्थापित साफाले हरेक वर्ष दक्षिण एसियामा प्रकाशित वार्षिक प्रतिवेदनहरुको मूल्यांकन गरी विभिन्न विधामा पुरस्कार वितरण गर्दै आईरहेको छ ।
साफाले यो पुरस्कार वार्षिक लेखा प्रतिवेदनमा समावेश भएका उद्देश्य, जोखिम व्यवस्थापन, लेखा सम्बन्धि टिप्पणी, पारदर्शिता, जवाबदेहीता, संस्थागत सुशाशन, तथा अन्य डिस्क्लोजर्सका आधारमा मूल्यांकन गरी उत्कृष्ट छनौट भएको वार्षिक प्रतिवेदनलाई दिने पुरस्कार हो ।
बैंकले हाल देशभरका ८५ वटा शाखा, ८२ वटा एटीएम र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।