काठमाडौं । वानप्लस, ग्लोबल मोबाइल टेक्नोलोजी कम्पनीले परम्परागत प्रविधिलाई चुनौती दिँदैआफ्नो प्रिमियम फ्ल्यागसिप स्मार्टफोन ‘वानप्लस ७टी प्रो नेपालमा सार्वजनिक गरेको छ।
कम्पनीले गेम र फोटोको मज्जा दिनका लागि फोनमा ठूलो डिस्प्ले जडान गरेको छ। फोनलाई सामान्य खस्दा बचाउन कर्निङ गोरिल्ला ग्लास प्रयोग गरिएको छ।
वानप्लस ७टी प्रोमा ६.६७ इन्चको एमोलोइड डिस्प्ले रहेको छ। स्न्यापड्रेगन ८५५ अक्टा कोर प्रोसेसर र ७एनएम एनोरोइड ६४० चिपसेट रहेको छ।
यसमा मोटोराइज्ड पपअप १६ एमपी फ्रन्ट क्यामेरा, ४८ प्रमुखक्यामेरा, १६ एमपी अल्ट्रावाइड, ८ एमपी, तीन गुणा अप्टिकल जुम, पिडीएएफ, लेजर एएफ, ओआईएस डुअल एलईडी फ्लास, एचडीआर र पानारोमा जस्ता विशेषता रहेको छ ।
यसको साथै सुरक्षालाई मध्यनजर गर्दै वानप्लस ७ टि प्रो मा ०.२८ सेकेण्डको फेस अनलक र अन्डर डिस्प्ले फिङ्गर प्रिन्ट समेत जडान गरिएको छ।
वानप्लस ७टी प्रोमा वाईफाई कनेक्टीभिटी, ब्लुटुथ ५.०, एनएफसी, जीआरएस र डब्लुल्यान जस्ता विशेषता समावेश गरिएको छ। फोनमा ४ हजार ८५ एमएएचको ब्याट्री जडान गरिएको छ।
साथै ३० वाटको फास्ट चार्जिङग टेक्नोलोजी रहेको छ।यसको बजार मूल्य ९९ हजार ९ सय रुपैयाँ रहेको छ ।