काठमाडौं । सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) को कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कञ्चन सापकोटालाई दिइएको छ । योसँगै सीडीएससीले नेतृत्वमा पहिलो पटक महिला पाएकाे हाे ।
कम्पनीकै नेटवर्क सेक्सन प्रमुखको कार्यभार सम्हाल्दै आएकी सापकोटालाई मंसिर १६ गते सोमबारदेखि लागू हुनेगरी सो पदको जिम्मेवारी दिइएको हो।उनलाई अर्को व्यवस्था नभएसम्मका लागि कायम मुकायम सीईओको जिम्मेवारी दिइएको हो ।
कम्पनीले सोमबार प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्तालाई बिदाइ भएपछि रिक्त रहेको सो पदमा सापकोटालाई जिम्मेवारी दिइएको सीडीएससीले जानकारी दिएको छ ।
सीईओ गुप्ताको कार्यकाल गत कात्तिक १० गते नै सकिएपनि कम्पनीको सञ्चालक समितिले उनलाई हालसम्म नियमित काम कारवाही गर्ने जिम्मेवारी दिएको थियो।