फरवार्ड कम्युनिटीले घोषणा गर्यो आकर्षक लाभांश

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई आकर्षक लाभांश दिन घोषणा गरेको छ ।

 

माइक्रोफाइनान्सको मंसिर १५ गते आइतबार बसेको सञ्चालक समितिको ८५ औं बैठकले आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट ४५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।फरवार्डले ३२.५० प्रतिशत बोनस सेयर र कर सहित १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

 

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र माइक्रोफाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।

 

हाल ३७ करोड ७६ लाख ७२ हजार रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको बोनस वितरणपछि पूँजी ५० करोड ४ लाख रुपैयाँ पुग्नेछ।

सीडीएससीले पायो पहिलो पटक महिला नेतृत्व, कामु सीईओको जिम्मेवारी सापकोटालाई Read Previous

सीडीएससीले पायो पहिलो पटक महिला नेतृत्व, कामु सीईओको जिम्मेवारी सापकोटालाई

नेपालले ‘साग’मा शून्य पदक जित्नेछ Read Next

नेपालले ‘साग’मा शून्य पदक जित्नेछ