वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरी करेन्ट चाउचाउ उत्पादन र बिक्री वितरण गर्न रोक लगाएको छ ।

उच्च अदालत पाटनको संयुक्त इजलासले पुस ११ गते यशोदा फुड्सलाई यस्तो कार्य नगर्न अन्तरकालीन आदेश दिएको हो ।

यशोदाद्धारा उत्पादित करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गर्दै वाइवाइ जस्तै देखिने  र्‍यापर प्रयोग गरी उपभोक्तालाई भ्रममा पार्ने काम गरेको थियो । साथै यशोदाले वाइवाइको ट्रेडमार्क नक्कल समेत गरेको थियो । यशोदाको सो कदमविरुद्ध वाइवाइ अदालत गएको थियो ।

अदालतको आदेशसँगै अब यशोदाले वाइवाइको नक्कल गरी बजारमा पठाइएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने भएको छ । यदि बजारमा पठाइएका उक्त चाउचाउ यथावत रुपमा बिक्री वितरण गरिएमा अदालतको मानहानी गरेको ठहरिनेछ ।

अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरी चौधरी ग्रुपद्वारा उत्पादित वाइवाइ नेपालका साथै विश्वभर छरिएका नेपालीको विगत चार दशकदेखि पहिलो रोजाइमा रहँदै आएको छ ।

 

सरकारले तोक्यो गहुँको समर्थन मूल्य, गत वर्षभन्दा २९९ रुपैयाँ बढ्यो Read Previous

सरकारले तोक्यो गहुँको समर्थन मूल्य, गत वर्षभन्दा २९९ रुपैयाँ बढ्यो

बालकुमारीमा भौतिक पूर्वाधार मन्त्रीको गाडीमा आगजनी Read Next

बालकुमारीमा भौतिक पूर्वाधार मन्त्रीको गाडीमा आगजनी