बालकुमारीमा भौतिक पूर्वाधार मन्त्रीको गाडीमा आगजनी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरुले ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगो लगाएका हुन् ।

प्रदर्शनकारीले सडक अवरुद्ध गरी मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला पार्टीको केन्द्रीय समिति बैठक जान हिँडेका थिए ।

ईपीएसको कोरियन भाषामा सिप बिल्डिङमा आवेदन दिएका युवा उत्पादनमूलक क्षेत्रमा फाराम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । प्रदर्शनकारी युवाले अहिले पनि सडक अवरुद्ध गरिरहेका छन् ।

वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई उच्च अदालतको आदेश Read Previous

वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई उच्च अदालतको आदेश

गभर्नर अधिकारी विरुद्ध अन्तरिम आदेश दिन अस्वीकार, छलफलमा बोलाइयो Read Next

गभर्नर अधिकारी विरुद्ध अन्तरिम आदेश दिन अस्वीकार, छलफलमा बोलाइयो