काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि गहुँको समर्थन मूल्य तोकेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस वर्षका लागि गहुँको समर्थन मूल्य तोकेको हो ।
यस वर्षका लागि सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० रुपैयाँ तोकेको छ । गत वर्षको तुलनामा सरकारले गहुँको मूल्य प्रतिक्विन्टल २९९ रुपैयाँ बढाएको हो ।
सरकारले गत आव २०७९/८० का लागि गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ३५१ रुपैयाँ तोकेको थियो । सरकारले प्रत्येक वर्ष गहुँ, धान, उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने गरेको छ ।