सुनको मूल्यले बनायो अहिलेसम्मकै महँगोको रेकर्ड, प्रतितोला कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले इतिहासमै महँगोको रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला १३०० रुपैयाँले बढेर १ लाख २२ हजार रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।

यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि मंसिर १८ गते प्रतितोला १ लाख २१ हजार ६०० रुपैयाँ पुगेको थियो ।

महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि प्रतितोला १३०० रुपैयाँ बढेर १ लाख २१हजार ४०० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ०८०.८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

आज चाँदी प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ ।

आधा क्षमतामा मात्र चले उद्योग : कागज, साबुन उत्पादन उल्लेख्य वृद्धि, निर्माण सामग्री घट्यो Read Previous

आधा क्षमतामा मात्र चले उद्योग : कागज, साबुन उत्पादन उल्लेख्य वृद्धि, निर्माण सामग्री घट्यो

सिंगटी हाइड्रोपावरले पायो हकप्रद सेयर बिक्री गर्न अनुमति Read Next

सिंगटी हाइड्रोपावरले पायो हकप्रद सेयर बिक्री गर्न अनुमति