सिंगटी हाइड्रोपावरले पायो हकप्रद सेयर बिक्री गर्न अनुमति

काठमाडौं । सिंगटी हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले पुस ११ गते कम्पनीलाई १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँँ दरले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीले अन्य आयोजनामा लगानी गर्न र बैंकको ऋण तिर्न हकप्रद जारी गर्न लागेको हो । हाल १ अर्ब ४५ करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।

सुनको मूल्यले बनायो अहिलेसम्मकै महँगोको रेकर्ड, प्रतितोला कति पुग्यो ? Read Previous

सुनको मूल्यले बनायो अहिलेसम्मकै महँगोको रेकर्ड, प्रतितोला कति पुग्यो ?

यूरोपको सट्टा चीन र भारत तेल निर्यात गर्दै रुस, ९८ अर्ब डलर आम्दानी गर्ने Read Next

यूरोपको सट्टा चीन र भारत तेल निर्यात गर्दै रुस, ९८ अर्ब डलर आम्दानी गर्ने