काठमाडौं । नेपाल बंगलादेश बैंकले २५ औंवार्षिक साधारण सभा पुस ७ गते बोलाएको छ । बैंकको साधारण सभा राष्ट्रिय सभा गृहमा बिहान ९ बजे शुरु हुनेछ ।
सभामा बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई दिने १२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । बैंकले सेयरधनीलाई ५ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यस्तै, सभामा बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने, आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान सम्बन्धी हिसाब किताबमा गर्ने, आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा लैजाने भएको छ ।
हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार रुपैयाँ छ भने बोनस वितरणपछि पूँजी ८ अर्ब ४९ करोड २७ लाख १३ हजार रुपैयाँ पुग्नेछ ।
साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर २६ गते बुक क्लोज मिति तोकेको छ । मंसिर २५ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
