एनसेलको बोनस डेटामाफर्त निःशुल्क युट्युब हेर्न सकिने

काठमाडौं । एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि बोनस डेटा योजना ल्याएको छ।जसअन्तर्गत मेरो प्लान लिएका एनसेलका ग्राहकहरुले बोनस डेटामाफर्त निःशुल्क युट्युब भिडियो हेर्न सक्छन्।

 

उक्त योजना शुक्रबारदेखि लागू भएको छ हो।यस योजनाअन्तर्गत मेरो प्लान सुचारु गरेका प्रिपेड ग्राहकले निश्चित बोनस डेटा भोलुम प्राप्त गर्छन्।

 

प्राप्त भोलुमबाट ग्राहकले युट्युब तथा आईफ्लीक्समा निःशुल्क भिडियो स्ट्रिमिङ र गुगल म्याप, जिमेल तथा अन्य गुगलका सेवाहरु प्रयोग गर्न सक्छन्।

 

प्लान १९९ र प्लान २९९ सुचारु गरेका ग्राहकले बोनसस्वरुप १ जिबी र ३ जिबी डेटा प्राप्त गर्छन्।त्यसैगरी प्लान ४९९ र प्लान ७९९ सुचारु गर्नेले ६ जिबी र १५ जिबी डेटा प्राप्त गर्नेछन्।

 

प्लान ९९९ सुचारु गर्ने ग्राहकले थप २५ जिबी डेटा प्राप्त गर्नेछन्। ग्राहकले *३०२ # डायल गरी प्राप्त निर्देशनअनुसार मेरो प्लान सुचारु गर्न सक्छन्।

राष्ट्र बैंकले ३ अर्ब १३ करोडको ट्रेजरी बिल बिक्री गर्ने Read Previous

राष्ट्र बैंकले ३ अर्ब १३ करोडको ट्रेजरी बिल बिक्री गर्ने

नेपाल बंगलादेश बैंकको साधरण सभा पुस ७ गते, बुक क्लोज कहिले Read Next

नेपाल बंगलादेश बैंकको साधरण सभा पुस ७ गते, बुक क्लोज कहिले