राष्ट्र बैंकले ३ अर्ब १३ करोडको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।

 

बैंकले ९१ दिने अवधिका लागि ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । यो बिल आगामी फागुन २० मा परिपक्व हुनेछ।

 

ट्रेजरी बिल अनलाइन बोल–कबोलका आधारमा मंसिर १६ दिउँसो २ बजे विक्री गरिने छ भने बिलको निष्कासन मंसिर १७ मंगलवार गरिने छ।

 

यस ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् ।

 

बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।

हाइड्रोको सेयरमा लगानी गर्ने अधिकांश घाटामा, १८ कम्पनीको सेयर आधारभूत मूल्यभन्दा तल Read Previous

हाइड्रोको सेयरमा लगानी गर्ने अधिकांश घाटामा, १८ कम्पनीको सेयर आधारभूत मूल्यभन्दा तल

एनसेलको बोनस डेटामाफर्त निःशुल्क युट्युब हेर्न सकिने Read Next

एनसेलको बोनस डेटामाफर्त निःशुल्क युट्युब हेर्न सकिने