एकैपटक ५२ ठाउँको घरजग्गा बेच्दै नबिल बैंक (सूचीसहित)

काठमाडौं । नबिल बैंकले देशका विभिन्न ठाउँमा आफ्नो स्वामित्वमा रहेको घरजग्गा बेच्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न ठाउँमा रहेको ५२ वटा घरजग्गा बिक्री गर्ने जानकारी गराएको हो ।

बैंकले विभिन्न समयमा ऋणीको धितो लिलाम हुन नसकेर आफूले सकारेको गैर बैंकिङ सम्पत्तिको रुपमा रहेका घरजग्गा बिक्री गर्न लागेको हो ।

बैंकले काठमाडौं उपत्यकासहित राजविराज, इँटहरी, भोजपुर, खलंगा, धरान, दोलखा, मोरङ, झापा, बाँके लगायतका विभिन्न स्थानमा रहेको सम्पत्ति बिक्री गर्न लागेको हो।

उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ संस्थाहरुले पुस २३ गतेसम्म गोप्य शिलबन्दी पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

ऋणीले समयमै कर्जा तिर्न नसकेपछि धितो राखिएको सम्पत्ति बैंकहरुले लिलामी गर्नुपर्ने हुन्छ । उक्त लिलामी बिक्री नभएमा बैंकले आफैंले सकार्न पाउँछन् । तर, धितो सकार्दा बैंकहरूले बढीमा १५० रोपनी जग्गा मात्र आफ्नो नाममा राख्न पाउँछन् । सीमाभन्दा बढी भएपछि बैंकहरूले त्यस्तो सम्पत्ति बेच्ने गरेका छन् ।

फेसियल हाउस १६ औँ वर्षमा प्रवेश, चितवनमा नयाँ आउटलेट खुल्दै Read Previous

फेसियल हाउस १६ औँ वर्षमा प्रवेश, चितवनमा नयाँ आउटलेट खुल्दै

सर्वसाधरणलाई सेयर बेच्न सर्वोत्तम सिमेन्टले पायो अनुमति, आइपीओ भर्न कम्तीमा १८ हजार चाहिने Read Next

सर्वसाधरणलाई सेयर बेच्न सर्वोत्तम सिमेन्टले पायो अनुमति, आइपीओ भर्न कम्तीमा १८ हजार चाहिने