काठमाडौं । सोनामले विन्टर सेल अफर ल्याएको छ । कम्पनीले ग्राहकलाई लक्षित गर्दै मंसिर २८ देखि पुस १५ गतेसम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा सामग्रीहरूमा वार्षिक विन्टर छुट योजना ल्याएको हो ।
यस छुट योजना अन्तर्गत विभिन्न वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने छ । कम्पनीका अनुसार सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् ।
सोनामका देशैभरका शोरुममा छुट अफर पाइने कम्पनीले जनाएको छ । सोनामका शोरुमहरू काठमाडौंको ठमेलको क्वाबहाल र छायां सेन्टर, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सिभिल मल, बालाजुको बिजी मल, जडीबुुटी, चितवनको सिजी ल्यान्डमार्क, सुनसरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोडमा, बुटवल तथा सुर्खेतको विरेन्द्रनगरमा संचालनमा छन् ।