भैरहवाभन्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै वस्तु आयात, निर्यात शून्य

काठमाडौं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको गौतमबुद्ध विमानस्थलबाट ५ महिनाको अवधिमा जम्मा ८ लाख रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको मंसिरसम्म सो विमानस्थलबाट ८ लाख ४२ रुपैयाँ बराबरको वस्तु आयात भएको हो । सोही अवधिमा यस विमानस्थलबाट निर्यात भने शून्य रहेको छ ।

संचालनमा आएको डेढ वर्ष बिते पनि नियमित रुपमा अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थलबाट हुने व्यापार न्यून रहको छ । गाैतमबुद्धभन्दा पछि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने व्यापार बढ्दो क्रममा रहेको देखिएको छ ।

चालु आवको ५ महिनामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट २७ करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस विमानस्थलबाट पनि नियमित उडान नभए पनि चार्टर्ड उडान भइरहेकाले आयात बढेको हो ।

मुलुककै जेठो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने यस अवधिमा आधा खर्ब बढीको आयात भएको छ । विभागका अनुसार मंसिरसम्म यस विमानस्थलबाट ५७ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो कुल आयातको ८.९५ प्रतिशत हो ।

यस्तै, सोही अवधिमा यस विमानस्थलबाट १५ अर्ब ७० करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो कुल निर्यातको २४.८४ प्रतिशत हो ।

सोनामको विन्टर सेल अफर, ७० प्रतिशतसम्म छुट पाइने Read Previous

सोनामको विन्टर सेल अफर, ७० प्रतिशतसम्म छुट पाइने

बैंकिङ प्रणालीबाट एकैदिन ३५ अर्ब खिच्दै राष्ट्र बैंक Read Next

बैंकिङ प्रणालीबाट एकैदिन ३५ अर्ब खिच्दै राष्ट्र बैंक