माछापुच्छ्रे बैंकद्वारा व्यवसायिक सिपमूलक तालिम आयोजना

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एकहप्ते व्यवसायिक सिपमूलक तालिम कार्यक्रम आयोजना गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिराहाको कर्जनहास्थित श्री जनसेवा माध्यमिक (प्राविधिक) विद्यालयमा उक्त तालिम सम्पन्न गरेको हो ।

माध्यमिक तहका विद्यार्थीहरूमा व्यवसायीक र प्राविधिक ज्ञान एंव सिपको विकास गर्ने उद्देश्यले बैंकले इन्जिनीयरर्स वीथआउट बोर्डरस् नामक संस्था संगको सहकार्यमा व्यवसायिक सिपमूलक तालिम आयोजना गरेको हो ।

उक्त तालिममा गोबर ग्यासबाट बायो ग्यास निकाल्ने, पानी फिल्टर गर्ने लगायतका प्राविधिक तालिम तथा ऊन बाट बनेका विभिन्न सजावटका सामानहरू बनाउने सिप सिकाइएको थियो ।

उक्त तालिमको समापन गर्दै वन तथा वातावरणमन्त्री एंव बैंकका पूर्व अध्यक्ष डा. वीरेन्द्र प्रसाद महतोले विद्यालय स्तरदेखि नै विद्यार्थीमा व्यवसायिक ज्ञान प्रदान गरेमा भविष्यमा उनीहरूलाई काम गर्न सजिले हुने भएकाले दक्षता वृद्धि गर्न सहयोग गर्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले देशका विभिन्न स्थानहरूमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराउँदै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, दिगो विकास लगायतका क्षेत्रमा स्थानीय निकायसंग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

 

प्रचण्ड सरकारको १ वर्ष, ऊर्जा क्षेत्रमा भए यस्ता उपलब्धि Read Previous

प्रचण्ड सरकारको १ वर्ष, ऊर्जा क्षेत्रमा भए यस्ता उपलब्धि

सोनामको विन्टर सेल अफर, ७० प्रतिशतसम्म छुट पाइने Read Next

सोनामको विन्टर सेल अफर, ७० प्रतिशतसम्म छुट पाइने