रियल स्टेट र सेयर धितो कर्जाको जोखिम भार घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल ई-स्टेट र सेयर धितो कर्जाको जोखिमभार घटाएको छ ।

आइतबार बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै रियलस्टेट र ५० लाख रुपैयाँ माथिको सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतमा झारेको हो ।

यसअघि रियल ईस्टेट कर्जा र ५० लाख माथिको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशत थियो । ५० लाख रुपैयाँभन्दा कमको सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशत छ ।

यस्तै, राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको आवास कर्जाको ऋण भुक्तानी आम्दानी अनुपात ६० प्रतिशत पुर्याएको छ । अर्थात् अब ऋणीले आफ्नो आम्दानीको ६० प्रतिशत रकम किस्ता तिर्न सक्छन् । यसअघि यस्तो अनुपात ५० प्रतिशत थियो ।

५ करोडसम्मको ऋण पुनर्संरचना हुने, यी क्षेत्रका ऋणीले पाउने Read Previous

५ करोडसम्मको ऋण पुनर्संरचना हुने, यी क्षेत्रका ऋणीले पाउने

लाभांश प्रयोजनका लागि शिवम् सिमेन्टले तोक्यो बुकक्लोज Read Next

लाभांश प्रयोजनका लागि शिवम् सिमेन्टले तोक्यो बुकक्लोज