काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।
कम्पनीले पुस २७ गते आठौं वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।
कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको १४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । प्रस्तावित लाभांश सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
शिवम्ले साधरण सभा तथा लाभांश प्रयोजनका लागि पुस १९ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।