ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका ढकाल बैंकको हालै सम्पन्न १७औँ वार्षिक साधारणसभाबाट सञ्चालक समिति सदस्य र नव निर्वाचित सञ्चालक समितिको पहिलो वैठकबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए ।

अध्यक्ष ढकालले रेमिट्यान्स सेवा प्रदान गर्ने सानो कम्पनीको रुपमा स्थापना गरेको आइएमई नै नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति/निर्देशन अनुसार काम गर्दै जाँदा आजको ग्लोबल आइएमई बैंकको अवस्थासम्म आइपुगेको स्मरण गर्दै ग्लोबल आइएमई बैंक मुलुकको सबैभन्दा ठूलो बैंक मात्र नभई एक सबल र सक्षम बैंक बन्न सफल भएको बताए ।

बैंकलाई अहिलेको अवस्थासम्म पुर्याउन नेपाल राष्ट्र बैंक र यसको नेतृत्वले पुर्याएको सहयोगको विशेष स्मरण गर्दै उनले बैंकिङ्ग क्षेत्रलाई थप विस्तार गर्न भविष्यमा पनि यस किसिमको सहयोग आवश्यक रहने बताए ।

ढकालले नेपाली बैंकहरूले बदलिँदो विश्व परिस्थितिअनुसार आफूलाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक हुने बताउँदै आफ्नो कार्यकालमा ग्लोबल आइएमई बैंकलाई थप सबल र उत्कृष्ट बनाउन आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

नेपाल राष्ट्र बैंकको गभर्नरबाट पद तथा गोपनीयताको शपथ लिएपछि ढकालले नवनिर्वाचित सञ्चालकहरूलाई आजै शपथ गराएका छन् ।

बैंकको वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरू मध्येबाट ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त, तथा सर्वसाधारण शेयरधनीतर्फबाट कृष्णप्रसाद शर्मा, नारायण प्रसाद पौडेल र मदनलाल जोशी सञ्चालक समितिमा सर्वसम्मत निर्वाचित भएका छन् ।

शपथ ग्रहण समारोहमा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढु¨ाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरू, ग्लोबल आइएमई बैंकको सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा अन्य वरिष्ठ पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

घरजग्गा कारोबारमा उल्लेख्य सुधार, मंसिरमा ६० प्रतिशतले बढ्यो Read Previous

घरजग्गा कारोबारमा उल्लेख्य सुधार, मंसिरमा ६० प्रतिशतले बढ्यो

सरकारको आम्दानीभन्दा खर्च ६९ अर्ब बढी, पूँजीगत खर्च १२ प्रतिशत मात्रै Read Next

सरकारको आम्दानीभन्दा खर्च ६९ अर्ब बढी, पूँजीगत खर्च १२ प्रतिशत मात्रै