आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् ।

उनले आफ्नो ३ वर्षे कार्यकाल सकिनु १५ महिना अगावै मंगलबार राजीनामा दिएका हुन् । उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल समक्ष राजीनामा पत्र बुझाएका हुन् ।

२०७८ फागुन २६ गतेको निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका थानीको कार्यकाल २०८१ फागुनसम्म थियो । तर, उनले १५ महिना अगावै राजीनामा बुझाएका हुन् ।

थानीको राजीनामाको कारण भने खुलेको छैन ।

 

 

प्रभु बैंकका ग्राहकले ॐ हस्पिटलमा विशेष छुट पाउने Read Previous

प्रभु बैंकका ग्राहकले ॐ हस्पिटलमा विशेष छुट पाउने

हिमालयन रि-इन्स्योरेन्सको आइपीओ खुल्यो, सबैले कम्तीमा १० कित्ता पाउने Read Next

हिमालयन रि-इन्स्योरेन्सको आइपीओ खुल्यो, सबैले कम्तीमा १० कित्ता पाउने