प्रभु बैंकका ग्राहकले ॐ हस्पिटलमा विशेष छुट पाउने

काठमाडौं । प्रभु बैंक र चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंकको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित एक कार्यक्रममा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत मञ्जय राज पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका पारिवारजनले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त सेवा लगायतका सेवाहरूमा विशेष छुट पाउने छन् ।

हालै ‘बैंक अफ द इयर २०२३’ उपाधिबाट सम्मानित प्रभु बैंकले देशभरका ३०१ शाखा, ७१ वटा एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, ३१० एटीएमबाट ३१ लाख बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।

निर्यात हुन थालेसँगै बढ्यो अलैंचीको मूल्य, प्रतिमन ७० हजार पुग्यो Read Previous

निर्यात हुन थालेसँगै बढ्यो अलैंचीको मूल्य, प्रतिमन ७० हजार पुग्यो

आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा Read Next

आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा