वाणिज्य बैंकमा खाता खोल्नेलाई टेलिकमको सिमकार्ड निःशुल्क

काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकलाई जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराउने भएको छ।

 

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच बिहीबार उक्त सेवासम्बन्धी सम्झौता भएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ।

 

सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए।

 

बैंकले मुलुकभरका २३८ वटै शाखाबाट नयाँ खाता खोल्ने ग्राहकलाई कम्पनीको सिम निःशुल्क उपलब्ध गराउने छ। सो सिममा ५० रुपैयाँ बराबरको टक भ्यालुसमेत हुनेछ।

 

सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले मुलुकको सबभन्दा ठूलो दूरसञ्चार कम्पनी र सबैभन्दा बढी वित्तीय सञ्जाल भएको राष्ट्रिय वाणिज्य बैंकबीचको सहकार्यले दुवै संस्थाको व्यवसाय अभिवृद्धि हुनुका साथै कार्यक्षमतामा समेत बढोत्तरी हुने बताएका थिए।

 

उनले दुई संस्थाको सहकार्यबाट डिजिटल अर्थतन्त्र निर्माणका लागि प्रभावकारी वातावरण बन्नुका साथै मुलुकभरका जनता वित्तीय पहुँचमा पुग्ने उल्लेख गरेका थिए।

 

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले दुई करोडभन्दा बढी ग्राहक सङ्ख्या भएको नेपाल टेलिकम र ३० लाख बढी सेवाग्राही भएको राष्ट्रिय वाणिज्य बैंकबीच भएको यो सम्झौताले आम सेवाग्राही वित्तीय र प्रविधिगतरुपले निकै लाभान्वित हुने बताए।

आइएमई 'डबलको डबलको डबल अफर'को बम्पर विजेता खाङ्ग Read Previous

आइएमई 'डबलको डबलको डबल अफर'को बम्पर विजेता खाङ्ग

प्रभु बैंकको नयाँ शाखा पिङ्गलास्थानमा Read Next

प्रभु बैंकको नयाँ शाखा पिङ्गलास्थानमा