आइएमई ‘डबलको डबलको डबल अफर’को बम्पर विजेता खाङ्ग

काठमाडौं । आइएमईले पर्व लक्षित गरी ल्याएको ‘दशैंमा डबलको डबलको डबल अफर’को बम्पर विजेता खत्वे विरेन्द्र खाङ्ग बनेका छन् । काठमाडौंमा आयोजित विशेष समारोहकावीच सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत खाङ्ग विजेता छनोट भएका हुन् ।

 

विजेताले मलेसियाबाट ५९ हजार ७ सय ३२ रुपैयाँ पठाएका थिए । उनले आफूले पठाएको रकमको डबलको डबलको डबल अर्थात आठ (८) गुणा ४ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ रकम प्राप्त गरे ।

 

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र ब्राण्ड एम्बासडर दीपक राज गिरिले संयुक्त रुपमा स्टार्ट बटम क्लिक गरि विजेता छनोट गरेका थिए ।

 

विजेता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले रेमिटेन्सको आप्रवाह घट्ना साथ धेरै आर्थिक क्रियाकलाप खुम्चिने भन्दै विदेशबाट आउने रेमिटेन्सलाई औपचारिक संचालबाट भित्र्याउन र नेपाल आइसकेको रेमिटेन्सलार्ई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न सकेका देशभित्रै रोजगारीका सम्भावना उजागर हुने औंल्याए ।

 

उनले आइएमईले विदेशमा बसेर आर्जन गरेको पूँजीलाई बैंकिङ्ग सञ्जालमार्फत देशमा भित्र्याउन यस्ता योजनाहरु ल्याउने गरेको बताए । उनले यस्ता पर्व लक्षित योजनाहरुले देशको समग्र अर्थतन्त्र, सेवाग्राही तथा कम्पनीलाई समेत फाइदा पुग्ने र सेवाग्राही तथा कम्पनीे बीचको सम्बन्धलाई थप मजबुत बनाउने बताउँदै आगामि दिनमा पनि यस्ता योजनाहरु ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

 

सतहत्तर दिनको योजना अवधिमा दैनिक लक्की ड्र मार्फत ११ हजार ९ सय ३१, साप्ताहिक लक्की ड्र मार्फत २२ जना, मासिक लक्की ड्र मार्फत ४ र बम्पर लक्की ड्र मार्फत १ जना सेवाग्राही लाभान्वित भए ।

 

आइएमईले गत भदौ १५ देखि कार्तिक मसान्तसम्म कायम हुनेगरी ७७ दिनका लागि यो अफर सार्वजनिक गरेको थियो । अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गर्ने योजना ल्याएको थियो ।

 

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको थियो ।

मध्य मेवामा ९ अर्ब २६ करोड लगानी सम्झौता, ६ बैंकको लगानी Read Previous

मध्य मेवामा ९ अर्ब २६ करोड लगानी सम्झौता, ६ बैंकको लगानी

वाणिज्य बैंकमा खाता खोल्नेलाई टेलिकमको सिमकार्ड निःशुल्क Read Next

वाणिज्य बैंकमा खाता खोल्नेलाई टेलिकमको सिमकार्ड निःशुल्क