एनआइसी एशियाले फेरि घटायो ब्याजदर

काठमाडौं । एनआइसी एशिया बैंकले निक्षेपको ब्याजदर घटाएको छ । बैंकले पुस १ गतेदेखि लागू हुने गरी व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको ब्याजदर घटाएको हो । बैंकले मंसिरमा पनि निक्षेपको ब्याजदर घटाएको थियो ।

एनआइसीले पुसका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६७ प्रतिशत ब्यादर तोककेको छ । व्यक्तिगततर्फ ३ महिनादेखि ६ महिनासम्मको ब्याजदर ७ प्रतिशत, ६ देखि ९ महिनासम्म ७.५ प्रतिशत, ९ महिनादेखि १ वर्षसम्मको ७.७५ प्रतिशत, २४ महिनादेखि १८० महिनासम्मको ८.६७ प्रतिशत ब्याजदर तोकेको छ ।

त्यसैगरी, संस्थागततर्फ न्यूनतम ६ देखि ९ महिनासम्मको ५.५ प्रतिशत र २४ देखि १८० महिनासम्मको अधिकतम ६.६७ प्रतिशत ब्याजदर दिने भएको छ ।

बैंकले मंसिरका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.९६८ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ६.९६८ प्रतिशत ब्याज दिइरहेको छ ।

ठेकेदारकाे ढिला सुस्तीका कारण कलुवापुर–बेलौरी सडकको कालोपत्रको कार्य तीन महिनापछि मात्रै Read Previous

ठेकेदारकाे ढिला सुस्तीका कारण कलुवापुर–बेलौरी सडकको कालोपत्रको कार्य तीन महिनापछि मात्रै

अर्बौं विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय गम्भीर संकटमा Read Next

अर्बौं विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय गम्भीर संकटमा