काठमाडौं । ग्लोबल आइएमई बैंक र जनता बैंकलाई एक आपसमा मर्ज हुन् नियामक निकाय नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ ।राष्ट्र बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले अन्तिम स्वीकृति दिएको हो ।
राष्ट्र बैंकबाट मर्जरमा जान अन्तिम स्वीकृति पाएसँगै बैंकको संयुक्त मर्जर कमिटीले मंसिर देखि नै एकीकृत कारोबार गर्नेगरि तयारी थालेको छ।
मर्जपछि ग्लोबल आइएमई चूक्ता पूँजीका आधारमा नेपालकै सबैभन्दा ठूलो बैंक हुनेछ । एकीकृत बैंकको चुक्ता पूँजी १९ अर्ब रुपैयाँ पुग्नेछ।
मर्जरपछि बन्ने एकीकृत ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृतमा हाल जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहने छन्। बैंकमा ग्लोबलबाट पाँच जना र जनताबाट दुई जना सञ्चालक रहनेछन्।