काठमाडौं । शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादनलाई भारततर्फ निर्यात गर्न सुरु गरेको छ ।
कम्पनीले औपचारिक कार्यक्रम गरेर मंसिर १६ देखि क्लिङ्कर निर्यात गर्न थालेको हो । उद्योग परिसरमा पहिलो निर्यात गर्ने कार्यक्रम अन्तर्गत शौर्य सिमेन्टका प्लाण्ट प्रमुख गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काले संयुक्त रुपमा रिवन काटेर निर्यात सुरु गरेका छन् ।
उदयपुरको चुनढुङगाबाट उत्पादन गरिएको यस क्लिङ्कर तथा सिमेन्टमा न्यून तथा उच्चस्तरीय चुनढुङगाको समिश्रण रहेको कम्पनीले जनाएको छ । कम्पनीले निर्यातको लागि भारतमा सफल परिक्षणबाट स्विकृति पाइसकेको छ । सोही अनुमतिपछि निर्यात सुरु गरेको हो ।
२०७८ माघदेखि व्यवसायीक उत्पादन सुरु गरको शैर्य सिमेन्टको उत्पादन क्षमता ३ हजार मेट्रिकटन रहेको छ । व्यवसायीक घराना शंकर गु्रप, गोल्छा गु्रप तथा अम्बे गु्रपको संयुक्त लगानीमा सिराहाको मिचैयामा अवस्थित यस उद्योगले ५३ ग्रेड,४३ ग्रेड र पीपीसी सिमेन्ट उत्पादन गदै आएको छ ।