एक सातापछि पूँजी बजारमा करेक्सन्, बढ्यो नेप्से परिसूचक

काठमाडौं । लगातार ओरालो लागेको सेयर बजारमा आठौं दिनपछि सामान्य सुधार आएको छ । बुधबार नेप्से परिसूचक ३.३३ अंकले वृद्धि भएर १८४१ अंक कायम भएको हो । गत सोमबारदेखि ओरालो लागेको नेप्से ७ दिनमा लगातार ६९ अंकले घटेको थियो । यसदिन भने केही करेक्सन देखिएको छ ।

मंगलबार नेप्से परिसूचक १०.१० अंकले घटेर १८३७.७१ विन्दुमा आइपुगेको थियो । आज भने २९३ कम्पनीको ३७ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ । यसदिन १ अर्ब १४ करोड रुपैयाँ बढी मूल्य बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

आज १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १०६ को घटेको छ । यसदिन रिलायबल लाइफ इन्स्योरेन्स नेपालको ७ करोड ३४ लाख रुपैयाँ बराबरको सर्वाधिक सेयर किनबेच भएको छ । दोस्रोमा सन नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ३० लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

सामान्य अंकले बढेको बजारमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतभन्दा धेरैले कमाएका छन् ।
दोस्रोमा विजय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

यसदिन सबैभनदा धेरै सिंगर्टि इनर्जी हाइड्रोपावरका लगानीकर्ताले ९.१३ प्रतिशतले गुमाएका छन् । सनराइज ब्लुचीप फन्डका लगानीकर्ताले ५ प्रतिशत बढीले गुमाएका छन् ।

डलर विनिमयमा निरन्तर अवमूल्यन नेपाली मुद्रा, अर्थतन्त्रलाई फाइदा कि घाटा ? Read Previous

डलर विनिमयमा निरन्तर अवमूल्यन नेपाली मुद्रा, अर्थतन्त्रलाई फाइदा कि घाटा ?

शौर्य सिमेन्टले सुरु गर्‍यो क्लिंकर भारत निर्यात Read Next

शौर्य सिमेन्टले सुरु गर्‍यो क्लिंकर भारत निर्यात