काठमाडौं । भोलि (कात्तिक १५ गते)देखि ३ दिने टाटा मोटर्स म्याक्सचेञ्ज मेला आयोजना हुने भएको छ ।
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले म्याक्सचेञ्ज मेला आयोजना गर्न लागेको छ ।
कात्तिक १७ गतेसम्म संचालन हुने उक्त मेला टाटा मोटर्सको देशभरका शोरुममा आयोजना हुनेछ ।
उक्त मेलामा ग्राहकले जुनसुकै ब्राण्डका पुराना गाडीसंग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्ससंग साट्न सकिनेछ ।
ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरू प्रतिको रुची तथा चाहनाहरूलाई मध्येनजर गर्दै यस मेलाको आयोजना गर्न लागिएको सिप्रदीले जनाएको छ ।
मेलामा निःशुल्क ईभी गाडीका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ ।
साथै, प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर, हरेक दिन लक्की ड्र मार्फत स्मार्ट वाच र बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरू रहेका छन् ।
यस म्याक्सचेञ्ज मेलाको अवसरमा ग्राहकले टाटा मोटर्स्को नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन, टेष्ट ड्राइभ तथा सट्टापट्टा गर्न सक्नेछन् ।