नेपाल ल्युब आयलद्वारा छात्रवृत्ति प्रदान

काठमाडौं । नेपाल ल्युब आयलले चितवन रत्ननगरका दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र आधिकारिक वितरक समेत रहेको नेपाल ल्युबले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रवृत्ति प्रदान गरेको हो ।

कम्पनीले रत्ननगर-१, सरस्वती चौधरीका दुई सन्तानलाई एकवर्षको लागि आवश्यक शैक्षिक शुल्क र शैक्षिक सामाग्री बापतको १ लाख १५ हजार ३०० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

रत्ननगरमै मेकानिकको रुपमा काम गर्ने सरस्वतीका श्रीमान् विक्रम चौधरीको २०७८ सालमा कोभिड महामारीका कारण मृत्यु भएको थियो । उनले बीसी अटोवर्कशप संचालन गर्दै आएका थिए ।

नेपाल ल्युबका महाप्रबन्धक गंगाराज भट्टराईले कम्पनीले मेहनती अटो मेकानिकहरूको क्षमता विकासमा ध्यान केन्द्रित गरेको बताए ।

‘हामीले सधैं नेपालमा कार्यरत मेहनती अटो मेकानिक्सहरूको क्षमता विकासमा ध्यान केन्द्रित गरेका छौं। त्यसैले हाम्रा अटो मेकानिक र उहाँहरूका परिवारलाई आवश्यक परेको बेला सहयोग गर्नु हाम्रो कर्तव्य पनि हो । यो जिम्मेवारी हामीले भविष्यमा पनि निर्वाह गर्नेछौं,’ उनले भने ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो । यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ ।

भोलिदेखि टाटा मोटर्सको म्याक्सचेञ्ज मेला सुरू हुने Read Previous

भोलिदेखि टाटा मोटर्सको म्याक्सचेञ्ज मेला सुरू हुने

चिनी मिलले पैसा नदिएपछि सस्तोमा सक्खर उद्योगलाई उखु बेच्दै किसान Read Next

चिनी मिलले पैसा नदिएपछि सस्तोमा सक्खर उद्योगलाई उखु बेच्दै किसान